गृहपृष्ठ पुरस्कार रकमबाट विद्यार्थीलाई पोसाक वितरण
पुरस्कार रकमबाट विद्यार्थीलाई पोसाक वितरण
विराटनगरका पत्रकार शंकर खरेलले शनिबार विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेका छन् । खरेलले आफूलाई कदर गर्र्दे मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, दाहाल प्रतिष्ठानलगायतले पुरस्कृत गरेको रकमबाट विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेका हुन् ।
पुरस्कारवाट प्राप्त ६० हजार रुपैयाँ पत्रकार खरेलले व्यक्तिगत खर्च नगरी विराटनगरस्थित परोपकार आधारभूत विद्यालय–१ का ४० र सार्वजनिक माध्यमिक विद्यालयका ३ गरी ४३ जना विद्यार्थीलाई पोसाक वितरण गरेका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले नगरक्षेत्रका सामुदायिक विद्यालय सुधारका लागि ऐन बनाई कार्यन्वयनमा ल्याउने बताए ।
विद्यार्थीलाई पोसाक वितरण गर्दै उनले आगामी वर्ष नगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयलाई नमुना बनाउने र यसका लागि ५० रुपैयाँ लाख बजेट छुट्याएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले राज्यको सोच सामुदायिक विद्यालयलाई अगाडि बढाउनु रहेको बताउँदै यस्तो सामाजिक कार्यबाट पत्रकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने टिप्पणी गरे । पत्रकार खरेलले आफूले प्राप्त गर्ने पुरस्कारको राशि आगामी दिनमा पनि यसरी नै शिक्षा तथा सामाजिक क्षेत्रमा खर्च गर्ने बताए ।
प्रकाशित समय ०७:०४ बजे

















