गृहपृष्ठ कोपा अमेरिका : पेरुले बोलिभियालाई हरायो

कोपा अमेरिका : पेरुले बोलिभियालाई हरायो

कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित दर्ता गरेको छ । बुधबार बिहान भएको खेलमा पेरुले बोलिभियालाई ३–१ गोलअन्तरले हराएको हो ।

समुह ए अन्तर्गतको खेलमा पेरुले बोलिभियाको एक गोलको अग्रता उल्ट्याएको हो । २८ औं मिनेटमा मार्सेलो मारिनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर, त्यसपछि पेरुले उत्कृष्ट खेल प्रतुत गर्यो । ४५ औं मिनेटमा पाओलो गुइरेरोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

५५ औं मिनेटमा जेफेरसोनले गोल गर्दै पेरुलाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा इडिसोन फ्लोरीसले गोल गर्दै पेरुलाई ३–१ को जित दिलाए । योसँगै पेरुले दुई खेलबाट चार अंक जेडेको छ ।

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु