गृहपृष्ठ सन्दीपसँगै सोमपाल पनि ग्लोबल टि–२० लिगमा छनोट

सन्दीपसँगै सोमपाल पनि ग्लोबल टि–२० लिगमा छनोट

नेपाली राष्ट्रिय टिमका भरपर्दा बलर सोपाल कामीले पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता खेल्ने भएका छन् ।

लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपालले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका हुन् । बिहीबार साँझ भएको ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ भने सोमपाललाई ३ हजार न्यूनतम मूल्यमा विनिपेग हक्सले छनोट गरेको हो । सन्दीपको टिमबाट भारतीय टिमका पूर्व ब्याट्सम्यान युवराज सिंह पनि खेल्नेछन् ।

सन्दीपले गत वर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । पाँच खेलमा उनले ८ विकेट लिएका थिए । प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ ।

प्रकाशित समय ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु