गृहपृष्ठ नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ छैन : स्वास्थ्यमन्त्री यादव

नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ छैन : स्वास्थ्यमन्त्री यादव

indian-raajdot-newskarobar

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कुनै देशबीच नभएको बताए छन् । नेपाल र भारत देश नभएकै बेलादेखि मिथिलाको राजधानी जनकपुरधाम र अयोध्याबीच बेटीरोटीको सम्बन्ध रहेकाले यो सम्बन्ध अटुट र ऐतिहासिक रहेको उनको भनाइ छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा आयोजित सम्मान कार्यक्रममा उपप्रधानमन्त्री यादवले ज्ञानभूमि, तपोभूमि र याज्ञवल्क्यको भूमि जनकपुरधामलाई स्वच्छ, हराभरा र सफा सुन्दर नगरी बनाई यहाँको पौराणिक सम्बन्ध र गौरवलाई कायम राखिनुपर्ने मन्त्री यादवले बताए । ‘जनकपुरधाममा पहिले आउँदा नाक थुन्नुपर्ने बाध्यता थियो, अहिले क्रमशः थाक थुन्नुपर्ने अवस्था हट्दै गएको छ,’ उनले भने, ‘तर पनि जति काम हुनुपर्ने हो भएको छैन ।’

कार्यक्रममा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीचको विश्वमै अलौकिक रहेको तर्क गरे । उनले भने, ‘नेपालको समग्र विकासका लागि भारत सरकार लागेको छ, त्यसमा पनि प्रदेश २ र जनकपुरधामको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं आएर विकासमा अग्रसर रहेको जानकारी गराउनुभयो ।’

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु