गृहपृष्ठ जनकपुरमा तीनदिने औद्योगिक मेला हुने
जनकपुरमा तीनदिने औद्योगिक मेला हुने
जनकपुरमा तीनदिने औद्योगिक तथा व्यापार प्रदर्शनी मेलाको आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाको आयोजना र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा असार ९ गतेदेखि जनकपुरस्थित गोपाल धर्मशालाको प्रांगणमा औद्योगिक मेला गर्न लागिएको घरेलु तथा साना उद्योग कार्यालय धनुषाका वाणिज्य शाखा प्रमुख जितेन्द्रप्रसाद सिंहले जानकारी दिए ।
स्वदेशी उद्योगको प्रवर्धन गरौं, समृद्ध नेपाल निमार्णमा सहयोग गरौं भन्ने मूलनाराका साथ धनुषाका साना उद्योगी व्यवसायीको उद्योग, कलकारखानाको प्रवर्धनका लागि मेला आयोजना गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले जानकारी दिए । मेलामा उद्योगी व्यवसायीलाई निःशुल्क स्टल राख्न दिइने आयोजकले जनाएको छ ।
प्रकाशित समय २१:४० बजे

















