गृहपृष्ठ चिली कोपा अमेरिकाको क्वाटरफाइनलमा
चिली कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोपा अमेरिका फुटबलअन्र्तगत समूह ‘सी’ बाट चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले इक्वेडरलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
चिलीले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । जोसे फुएनजालिडाले चिलीलाई अग्रता दिलाए । २५औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्यायो । पेनाल्टीमा एनर भ्यालेन्सियाले कुनै गल्ती गरेनन् ।
५१ औं मिनेटमा एलेक्सिस सान्चेजले उत्कृष्ट गोल गर्दै चिलीलाई अग्रता दिलाए । खेलको ८९ औं इक्वेडरका ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । १० खेलाडीमा सीमित इक्वेडरले त्यसपछि गोल थप्न भने दिएन ।
जितसँगै चिली २ खेलबाट ६ अंकका साथ क्वाटरफाइनल प्रवेश गरेको छ । दोस्रो उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहीन छ ।
प्रकाशित समय ०७:५८ बजे

















