गृहपृष्ठ साताभरमा २ अर्बको सेयर कारोबार

साताभरमा २ अर्बको सेयर कारोबार

share_stock-newskarobar

नेपाल स्टक एक्सचेन्जमा यो साता करिब २ अर्बको सेयर किनबेच भएको छ । साताभरमा १७४ कम्पनीको ६४ लाख ३० हजार ८४ कित्ता सेयर एक अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ रूपैयाँमा किनबेच भएको हो ।

जेठ ३० गते १२६९.५५ अंकमा कारोबार बन्द भएको नेप्से यो साताको बिहीबार १२६४.३६ अंकमा झरेको छ । आइतबार ११.३६ अंकले घटेको बजार सोमबार २.६३ अंकले बढ्यो । त्यस्तै, मंगलबार २.२३ र बुधबार ०.२ अंकले घटेको बजार अन्तिक दिन बिहीबार भने उकालो लाग्यो । बिहीबार नेप्से परिसूचक ५.९ अंकले बढेको थियो ।

नेप्सेमा बिहीबार तीनवटा कम्पनीको सेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर, मिथिला लघुवित्त वित्तीय संस्थाको तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर र जेविल्स फाइनान्सको तीन लाख ४० हजार ९५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार २८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु