गृहपृष्ठ बेलकामा दाँतको नि:शुल्क उपचार

बेलकामा दाँतको नि:शुल्क उपचार

teeth-free-camp-newskarobar

उदयपुरको बेलका नगरपालिकाका पाँच सयभन्दा बढी स्थानीयबासीले नि:शुल्क रूपमा दाँतको उपचार सेवा पाएका छन् । शनिबार बेलका नगरपालिकाको सभाहलमा आयोजित नि:शुल्क दन्त शिविरबाट बेलकावासीले लाभ लिएका हुन् । बेलका विकास समाज (बड्स)को आयोजनामा सञ्चालित शिविरमा नगरका ९ वटै वडाका दाँतका बिरामी सहभागी बने ।

काठमाडौंको ॐ समाज डेन्टल हस्पिटलबाट बेलका आइपुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीले दाँत भर्ने, निकाल्ने, सफा गर्ने सेवा प्रदान गर्नुका साथै बिरामीलाई आवश्यक परामर्श दिए ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु