गृहपृष्ठ विश्वकप क्रिकेटमा ११ ह्याट्रिक, क-कसले लिए ?
विश्वकप क्रिकेटमा ११ ह्याट्रिक, क-कसले लिए ?
कसले कतिपटक जित्यो विश्वकप ?
एक दिवसीय विश्वकप क्रिकेटमा ११ ह्याट्रिक भएका छन् । शनिबार अफगानिस्तानविरुद्ध मोहम्मद समीले विश्वकपको ११औं ह्याट्रिक लिएका हुन् । अफगानिस्तानविरुद्ध अन्तिम ओभर बलिङ गरेका समीले मोहम्मद नाबी, अफ्ताब आलम र मुजिब उर रहमानलाई पेभेलियन फर्काएका हुन् । विश्वकप क्रिकेटमा भारतका लागि यो दोस्रो ह्याट्रिक हो ।
सन् १९७५ देखि सुरु भएको विश्वकप क्रिकेट इतिहासमा भारतका चेतन शर्माले पहिलो पटक ह्याट्रिक लिएका थिए । त्यसपछि सन् १९९९ मा पाकिस्तानका साक्लेन मुस्ताक, २००३ मा श्रीलंकाका चामिण्डा भास र अस्ट्रेलियाका ब्रेट ली, २००७ र ११ मा श्रीलंकाका लासिथ मालिंगा, २०११ मा वेस्ट इन्डिजका केमर रोच तथा २०१५ मा इंग्ल्यान्डका स्टेभेन फिन र साउथ अफ्रिकाका जेपी डुमिनीले ह्याट्रिक गरेका छन् ।
क्रिकेट इतिहासमै दुई पटक ह्याट्रिक पूरा गरेका मालिंगाले २००७ मा लगातार ४ विकेट लिएका थिए । विश्वकपमा श्रीलंकाले ३ तथा भारतले २ पटक ह्याट्रिक लिएको छ ।
कुन विश्वकपमा को विजेता ?
विश्वकप क्रिकेटको उपाधि सबैभन्दा धेरै ५ पटक अस्ट्रेलियाले हात पारेको छ । त्यस्तै, वेस्ट इन्डिज र भारतले २/२ पटक उपाधि जितेका छन् भने श्रीलंका र पाकिस्तानले १/१ पटक जित हात पारेका छन् । तीनपटक फाइनलमा पुगेको इंग्ल्यान्ड तीनैपटक उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
सन् १९७५
विजेता : वेस्ट इन्डिज
उपविजेता : अस्ट्रेलिया
सन् १९७९
विजेता : वेस्ट इन्डिज
उपविजेता : इंग्ल्यान्ड
सन् १९८३
विजेता : भारत
उपविजेता : वेस्ट इन्डिज
सन् १९८७
विजेता : अस्ट्रेलिया
उपविजेता : इंग्ल्यान्ड
सन् १९९२
विजेता : पाकिस्तान
उपविजेता : इंग्ल्यान्ड
सन् १९९६
विजेता : श्रीलंका
उपविजेता : अस्ट्रेलिया
सन् १९९९
विजेता : अस्ट्रेलिया
उपविजेता : पाकिस्तान
सन् २००३
विजेता : अस्ट्रेलिया
उपविजेता : भारत
सन् २००७
विजेता : अस्ट्रेलिया
उपविजेता : श्रीलंका
सन् २०११
विजेता : भारत
उपविजेता : श्रीलंका
सन् २०१५
विजेता : अस्ट्रेलिया
उपविजेता : न्युजिल्यान्ड
प्रकाशित समय ०८:४५ बजे

















