गृहपृष्ठ समुद्रको पिँधमा भेटिन्छन् बहुमूल्य औंठी, खोज्दै फिर्ता गर्छन् बेरुब
समुद्रको पिँधमा भेटिन्छन् बहुमूल्य औंठी, खोज्दै फिर्ता गर्छन् बेरुब
बेरुबले फिर्ता गरे ६० वर्षअघि भेटिएको औंठी, १२ वर्षमा फेला परे सयभन्दा बढी
अमेरिकाको मेसेच्युसेट्सका एक दम्पतीले ६० वर्षअघि हराएको औंठी भेटिएला भन्ने कल्पना गरेका थिएनन् । मेटल डिटेक्टरसहित तलाउ र समुद्रका पिँध चाहर्ने स्कुवा गोताखोर लुक बेरुबले उनीहरुको औंठी भेट्टाई दिए । गोताखोर बेरुबले पानीमुनि रहेका मूल्यवान् सामग्री खोज्न खुब समय दिन्थे ।
हालै बेरुबले स्कुबा सहरको पोखरीमा गोता लगाए । उनले त्यहाँ १९६० मा खसेको औंठी भेटाए । सुनको औंठीमा त्यसै सहरको विद्यालयको नाम लेखिएको थियो । औंठीमा अंग्रेजी अक्षर डब्लुजेडब्लु पनि कुँदिएको थियो ।
बेरुबलाई यो औंठीवाला मानिस भेटिने जस्तो लाग्यो । बेरुब फर्केर स्कुलबारे इन्टरनेटमा सोधीखोजी गरे । औंठीमा परिचय खुल्ने अक्षर थिए । बेरुबलाई मानिस खोजेर यो औंठी फिर्ता गर्ने इच्छा भयो । हराएको वस्तु फेला पार्दा मानिस निकै आनन्दित हुने । बेरुब मानिलाई यही आनन्द दिन उत्सुक थिए ।
यसपछि बेरुबले गेट अफ हेवन विद्यालयका पूर्वविद्यार्थीहरुको एक पेजमा मित्र बन्ने कोसिस गरे । उनले म्यासेजमा आफूले डुबुल्की मार्दा औंठीहरु भेटाएको र ती औंठीहरु वास्तविक धनीलाई फिर्ता दिन चाहेको पनि लेखे । एकजनाले उनलाई ग्रुपमा समावेश गरे । बेरुबले आफूले हालै सहरको पोखरीमा औंठी भेटाएको कुरा लेखे ।
बोस्टनको साउदी क्षेत्र इलाकामा बस्ने विलियम जोसेफ वेडलकी छोरी क्रिस्टिनले इन्टरनेमा पोस्ट भएको औंठी आफ्ना पिताको भएजस्तो लाग्यो । उनले आफ्ना पितालाई उक्त पोस्ट देखाइन् । ७७ वर्षीय जोसेफले एकैपटकमा ६० वर्षअघि हराएको औंठी चिने ।
औंठी पत्ता लागेपछि क्रिस्टिनले बेरुबसँग सम्पर्क गरिन् । जोसेफले यो औंठी आफूले प्रेमिकालाई दिएको बताए । ‘उनले त्यो औंठी ६० वर्षअघि हराएकी थिइन्,’ जोसेफले भने । बेरुबलाई यो औंठी उनैको भएको विश्वास लाग्यो । बेरुबले खुसीसाथ जोसेफलाई औंठी फिर्ता दिए ।
बेरुबले १२–१३ वर्षदेखि डुबुल्की लगाउन सुरु गरेका हुन् । चार वर्षयता उनले मेटल डिटेक्टर लिएर डुबुल्की लाउन थाले । यसरी डुबुल्की लगाउँदा उनले बहुमूल्य पत्थर वा गहना फेला पार्न थाले । हालसम्म १ सयभन्दा बढी औंठी जम्मा भएका छन् । बेरुब यी सामग्री वास्तविक धनीलाई फर्काउन चाहन्छन् । धेरैजसो सामग्रीवाला मानिसको पहिचान भने खुल्दैन । (एजेन्सी)
प्रकाशित समय ११:१२ बजे

















