गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १० प्रतिशत छुट
एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १० प्रतिशत छुट
एभरेष्ट बैंकले धनगढीको सीपी हस्पिटसँग ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसिड्युर र फार्मेसीमा १० प्रतिशत छुट पाउनेछन् । यस साझेदारीअनुसार एभरेष्ट बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १० प्रतिशत छुट पाउनेछन् । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
धनगढीको चटकपुरस्थित सीपी हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्छ । सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
एभरेष्ट बैंकका ग्राहक १० लाखभन्दा बढी छ । क्यामेल्स रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले देशभरका ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय ०७:२० बजे

















