गृहपृष्ठ जापान महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो
जापान महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो
जापान महिला विश्वकप फुटबलबाट बाहिरिएको छ ।
नेदरल्याण्ड्ससँग मंगलबार राति २–१ गोलले पराजित हुदै जापान विश्वकपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । नेदरल्यान्डस्को जितमा दुवै गोल लिटके मार्टेन्सले गरिन् । जापानकी युई हासेगावाले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै डच टोली अन्तिम ८ मा पुगेको हो ।
१७औं मिनेटमा मार्टेन्सको गोलबाट नेदरल्यान्डले अग्रता लियो । ४३औं मिनेटमा हासेगावाले बराबरी गोल फर्काइन् । खेलको अन्तिम मिनेटमा मार्टेन्सले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई अन्तिम आठको यात्रा तय गराइन् ।
नेदरल्याण्ड्सले अब सेमिफाइनल पुग्न इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटालीले मंगलबार राति नै चीनलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।
प्रकाशित समय ०८:०८ बजे

















