गृहपृष्ठ विश्वकप क्रिकेट : पाकिस्तानलाई २३८ रनको लक्ष्य
विश्वकप क्रिकेट : पाकिस्तानलाई २३८ रनको लक्ष्य
विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २३८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २३७ रन बनाएको हो ।
२६.२ ओभरमा ८३ रन जोड्दा ५ विकेट गुमाइसकेको न्युजिल्यान्डको पारीलाई निसाम र ग्रान्डोमले उकासेका थिए । छैटौं विकेटका लागि निसाम र ग्रान्डोमले १३२ रनको साझेदारी गरेपछि न्युजिल्यान्ड सम्मानजनक योगफल बनाउन सफल भयो । निसामले सर्वाधिक अविजित ९७ रन बनाए भने ग्रान्डोमले ६४ रन बनाए । त्यस्तै, विलियमसनले ४१ रन जोडे । पाकिस्तानका लागि साहिन अफ्रिदीले ३ विकेट लिए ।
प्रकाशित समय २०:११ बजे

















