गृहपृष्ठ इंग्ल्यान्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा
इंग्ल्यान्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा
इंग्ल्यान्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नर्वेमाथि ३–० गोलको सहज जित दर्ता गर्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो । लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डका जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले गोल गरिन् । नर्वेे भने इंग्ल्यान्डको बलियो डिफेन्स लाईन तोड्न असमर्थ रह्यो ।
खेलको तेस्रो मिनेटमा नै जिल स्कटले इंग्ल्यान्डलाई अग्रता दिलाइन् । ४०औं मिनेटमा एलेन ह्वाइटले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा २–० गोलले अघि रह्यो । ५७औं मिनेटमा लुसी ब्रन्जले गोल गर्दै इंग्ल्यान्डको ३–० को जित सुनिश्चित गरिन् ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा फ्रान्स र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०७:५८ बजे

















