गृहपृष्ठ कोपा अमेरिका : कोलोम्बियालाई हराउँदै चिली सेमिफाइनलमा

कोपा अमेरिका : कोलोम्बियालाई हराउँदै चिली सेमिफाइनलमा

साविक विजेता चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चिलि टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सेमिफाइनलमा पुगेको हो । चिलीले टाइब्रेकरमा कोलम्बियालाई ५–४ ले पराजित गर्यो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । चिलीका लागि दुई वटा गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चार्ल्स अरन्गिज र आर्टुरो भिडलको गोललाई भिएआरले मान्यता दिएन ।

टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४ प्रहारले पोस्टको दिशा लिए पनि कोलोम्बियाका लागि पाँचौ प्रहार गरेका विलियम टेसिल्लोको प्रहार बाहिरीपछि चिलिले खेल जित्ने अवसर पाएको हो । एलेक्सिस सान्चेजले अन्तिममा गोल गर्दै चिलीलाई सेमिफाइनलमा पुर्याए ।

अब अन्तिम क्वाटरफाइनलमा उरुग्वे र पेरुले प्रतिस्पर्धा गर्न बाँकी छ ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु