गृहपृष्ठ विश्वकप क्रिकेट : पाकिस्तान अफगानिस्तानसँग भिड्दै

विश्वकप क्रिकेट : पाकिस्तान अफगानिस्तानसँग भिड्दै

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।

नेपाली समयअनुसार दिउँसो सवा ३ बजे पाकिस्तान र अफगानिस्तान आमने सामने हुँदा सवा ६ बजे साविक विजेता अष्ट्रेलिया र न्यूजिल्याण्डबीचको खेल सुरु हुनेछ । अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान सेमिफाइनल प्रवेश सहज बनाउने योजनामा छ । अफगानिस्तान पहिलो जित निकाल्न चाहन्छ । पाकिस्तान ७ खेलबाट ७ अंकसहित छैटौं स्थानमा छ । अफगानिस्तान अंकविहीन छ ।

दोस्रो खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने सामने हुनेछन् । अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाइसकेको छ । न्युजिल्याण्डलाई भने सेमिफाइन प्रवेशका लागि बाँकी तीन खेलमा एक खेल जिते पुग्छ ।

प्रकाशित समय ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु