गृहपृष्ठ प्रचण्ड भन्छन्- मदन भण्डारी र दरबार हत्याकाण्डको कारण पत्ता लगाउन के ले रोक्यो ?
प्रचण्ड भन्छन्- मदन भण्डारी र दरबार हत्याकाण्डको कारण पत्ता लगाउन के ले रोक्यो ?
mसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी र दरबार हत्याकाण्डको कारण पत्ता लगाउन के ले रोक्यो ? भन्दै आफैंलाई प्रश्न गरेका छन् । मदन भण्डारी स्मृति दिवसको अवसरमा प्रचण्डले भने, ‘आफू पहिलो पटक प्रधानमन्त्री हुँद नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छु भने पनि अहिलेसम्म सकिएन, आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन । सरकारमा हामी नै छौं तर यस्तै भएको हो भन्न सक्ने ठाउँमा पनि छैनौं ।’
बरु अहिले हत्याकाण्डको यथार्थ पत्ता लगाउनुभन्दा पन्छाउन थालिएको अध्यक्ष प्रचण्डले बताए । ठूला हत्याकाण्डको कारण पत्ता लगाउन नसक्दा फेरि त्यस्तो घटना हुँदैन भन्ने सुनिश्चित गर्न नसकिएको उनको भनाइ छ ।
मदन भण्डारीले राजा महाराजालाई ‘श्रीपेच फुकाउले आऊ’ र विदेशीहरुले बोलाउँदा ‘फुर्सद छैन’ भनेर लल्कारेका कारण उनको मृत्युमा प्रतिक्रियावादीहरुको षड्यन्त्र थियो भनेर बुझ्न सकिने प्रचण्डले बताए ।
प्रकाशित समय १६:५८ बजे

















