गृहपृष्ठ अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

egg-price-hike-newskarobar

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्यवृद्धि गरेको छ । शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ र मध्यम अण्डाको प्रति क्रेट १७० रुपैयाँ कायम गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।

यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट २०० र मध्यम अण्डाको प्रति क्रेट ११५ पाउँदै आएका थिए । संघका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए । जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो । अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरु लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए ।

कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य १० रूपैयाँ पर्न जान्छ तर कृषकले सात रुपैयाँमा वितरकलाई बिक्री गर्दै आएका थिए ।

नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यो पेसाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजारले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी छ । (रासस)

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु