गृहपृष्ठ विश्वकप क्रिकेट : श्रीलंकासँग वेस्ट इन्डिज २३ रनले पराजित

विश्वकप क्रिकेट : श्रीलंकासँग वेस्ट इन्डिज २३ रनले पराजित

srilanka-westindies-newskarobar

जारी विश्वकपको लिग चरणबाटै बाहिरिसकेको वेस्ट इन्डिज सोमबार भएको खेलमा श्रीलंकासँग २३ रनले पराजित भएको छ । श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३१५ रनमात्र बनाउन सकेको हो ।

वेस्ट इन्डिजका लागि निकोलास पुरनले विस्फोटक पारी खेल्दै १०३ बलमा ११८ रन जोडे पनि टिमलाई हार्नबाट बचाउन सकेनन् । उनले ११ चौका र ४ छक्का प्रहार गरे । एलेनले ५१ तथा क्रिस गेलले ३५ रन बनाए । श्रीलंकाका लागि लासिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । श्रीलंकाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ३३८ रन बनायो । डिमुथ करुनारत्ने र कुशल परेराले ९३ रनको साझेदारी गरेका थिए । श्रीलंकाका अभिष्का फर्नान्डोले शतक प्रहार गरे । उनले १०३ बलमा १०४ रन बनाए भने परेराले ६४ रन जोडे । वेस्ट इन्डिजका लागि जेसन होल्डरले २ विकेट लिए ।

प्रकाशित समय ०६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु