गृहपृष्ठ विश्वकप क्रिकेट : भारतले बंगलादेशलाई दियो ३१५ रनको लक्ष्य

विश्वकप क्रिकेट : भारतले बंगलादेशलाई दियो ३१५ रनको लक्ष्य

india-vs-bangladesh-newskarobar

विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा भारतले बंगलादेशलाई ३१५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको भारतले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१४ रन बनाएको हो ।

भारतका लागि रोहित शर्माले सर्वाधिक १०४ रन बनाए भने के एल राहुलले ७७ रन जोडे । पहिलो विकेटका रूपमा रोहित शर्मालाई गुमाउँदा भारतको स्कोर १८० थियो । त्यसपछि बंगलादेशले खेलमा उत्कृष्ट आगमन गरेको हो । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट लिए । उनले अन्तिम ओभरमा महेन्द्रसिंह धोनी, भुवनेश्वर कुमार र मोहम्मद समीको विकेट लिएका हुन् ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु