गृहपृष्ठ त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

chaitanya-sharma-newskarobar

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध भ्रष्टाचार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवा आयोगको परीक्षाको परिणाम फेरवदल गरेको प्रमाण फेला पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी, त्रिविका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र रामबहादुर पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरूद्ध विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई जागिर खुवाएको आरोप अख्तियारको छ ।

प्रकाशित समय २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु