गृहपृष्ठ भद्रपुरका ३१ वटै विद्यालयका छात्रालाई स्यानिटरी प्याड प्रदान

भद्रपुरका ३१ वटै विद्यालयका छात्रालाई स्यानिटरी प्याड प्रदान

school-girl-newskarobar

छात्रालाई नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले भद्रपुर नगरपालिकाले नगरका ३१ वटै सामुदायिक विद्यालयलाई बुधबार सेनेटरी प्याड, स्वास्थ्य र शैक्षिक सामग्री वितरण गरेको छ । यसको माध्यमबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा नगरपालिकाको छ ।

नगरमा रहेका आठ माध्यमिकस्तरका सामुदायिक विद्यालयलाई एक हजारका दरले सेनेटरी प्याड, आठ आधारभूत र बाँकी प्राथमिक तहका विद्यालयका ३७२ लाई आकस्मिक स्वास्थ्य उपचार सामग्री वितरण गरिएको हो । नगरले यसै शैक्षिक सत्रबाट विद्यालय भर्ना भएका विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्रीसमेत वितरण गरेको भद्रपुर नगर शिक्षा शाखाका स्रोत व्यक्ति प्रेम भुजेलले बताए ।

उनले महिनावारी भएको अवस्थामा विद्यालय नआउने छात्राको संख्या बढ्दै गएको हुँदा उनीहरुलाई विद्यालयमा नियमित उपस्थिति भई पठनपाठनमा सरिक गराउने उद्देश्यले सेनेरटरी प्याड वितरण गरिएको बताए ।

त्यसैगरी विद्यालयमा कक्षा सञ्चालनको अवधिभर सामान्य चोटपटक लागेमा विद्यार्थीको प्राथमिक उपचार गराउन सजिलो होस् भनेर स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ । त्यसैगरी नगरले विद्यालयका प्रधानाध्यापकको बैठक नै गराएर यसै शैक्षिक सत्रको गर्मी बिदा यही असार २२ गतेदेखि साउन २२ गतेसम्म गर्ने निर्णय गरेको छ । (रासस)

प्रकाशित समय ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु