गृहपृष्ठ अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा २ दशकयताकै शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा २ दशकयताकै शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुईदशक यताकै शक्तिशाली भूकम्प गएको छ ।

लस एन्जेल्सबाट २४० किमी उत्तरपूर्वी सहर रिड्जक्रेस्टलाई केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट केही संरचनामा क्षति पुग्नुका साथै सहरका कतिपय स्थानमा विद्युत सट भएर आगलागी भएको बिबिसीले जनाएको छ । मोजाभ मरुभूमिदेखि प्यासिफिक कोस्टसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

धेरै जनसंख्या भएको क्षेत्रबाट भूकम्पको केन्द्रबिन्दु टाढा रहेकाले बढी क्षति हुन नपाएको अमेरिकी भूगर्भविद्हरुले बताएका छन् । मेयर पेग्गी ब्रीडेनले सहरमा आपतकालको घोषणा गरिएको बताएका छन् । भूकम्पमा केही मानिस घाइते भएको जनाइएको छ । ग्याँस लाइन र विद्युत सेवा अवरुद्ध रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अवस्था नियन्त्रणमै रहेको जनाएका छन् । रिडजरक्रेस्टमा करिब २८ हजार मानिस बस्दै आएका छन् । क्षतिको पूर्ण विवरण भने सार्वजनिक भएको छैन ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु