गृहपृष्ठ नेपाल टस जितेर फिल्डिङमा
नेपाल टस जितेर फिल्डिङमा
फाइल तस्बिर
नेपालले एसीसी यू–१९ इस्टर्न रिजनको सेमीफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध फिल्डिङ थालेको छ ।
किनारारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो । आज विशालविक्रम केसीको स्थानमा तीब्र गतिक बलर कमलसिंह ऐरीलाई मौका दिइएको छ । आजै हुने अर्को सेमीफाइनलमा हङकङ र सिंगापुरले पनि प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले समूह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसिया कप खेल्न पाउनेछ ।
प्रकाशित समय ०७:५५ बजे

















