गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र चिरायु अस्पतालबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र चिरायु अस्पतालबीच सहकार्य
मुक्तिनाथ विकास बैंक र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युट बसुन्धाराबीच सेवा अदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ बैंकका बजारीकरण विभाग प्रमुख वसन्त बक्सी र चिरायु अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक ग्राहकले चिरायु अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । हाल मुक्तिनाथ विकास बैंकले ११९ शाखा र २५ वटा एटीएममार्फत ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बिमा सेवा, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय १३:१२ बजे

















