गृहपृष्ठ नाडाललाई हराउँदै फेडेरर विम्बल्डन टेनिसको फाइनलमा
नाडाललाई हराउँदै फेडेरर विम्बल्डन टेनिसको फाइनलमा
विम्बल्डन टेनिस प्रतियोगिताको उपाधिका लागि नोभाक जोकोभिच र रोजर फेडेरर भिड्ने भएका छन् ।
सेमिफाइनलमा शीर्ष वरियताका सर्भियाका जोकोभिचले स्पेनका रोबर्टो बाटिस्टा र दोस्रो वरियताका स्वीटजरल्याण्डका फेडेररले स्पेनका रफायल नाडाललाई हराए । फेडररले पहिलो सेट ट्राइबेकरमा ७–६ ले आफ्नो पक्षमा पारे । दोस्रो सेटमा नाडालले फेडररलाई ६–१ को सेटमा हराए । फेडेररले अन्य दुई सेट लगातार जिते । फेडेररले तेस्रो सेट ६–३ र चौथो सेट ६–४ ले आफ्नो पक्षमा पारे ।
सन् २०१७ मा फेडेररले विम्बल्डनको उपाधि जितेका थिए । फाइनल खेल आइतबार हुने छ ।
प्रकाशित समय ०९:५२ बजे

















