गृहपृष्ठ दोस्रो टी–२० मा आज नेपाल र मलेसिया भिड्दै
दोस्रो टी–२० मा आज नेपाल र मलेसिया भिड्दै
फाइल तस्बिर
नेपाल र मलेसियाबीचको दोस्रो टी–२० खेल आज हुँदै छ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ ।
हिजो भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अविजित ८६ रनको उत्कृष्ट पारी खेल्दै मलेसियालाई पाखा लगाएका थिए । जितसँगै दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ ।
प्रकाशित समय ०६:२९ बजे

















