गृहपृष्ठ मलेसियाविरुद्धका दुवै खेलमा नेपाल विजयी
मलेसियाविरुद्धका दुवै खेलमा नेपाल विजयी
मलेसियामा भएका दुवै टी–२० खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा ७ विकेटले पराजित भएको मलेसियाले दोस्रो खेलमा ६ रनले नेपाललाई नतिजा सुम्पिएको हो ।
आज भएको दोस्रो खेलमा १७४ रनको लक्ष्य मलेसियाली टोलीले ७ विकेटको क्षतिमा १६७ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक भएकोमा मलेसियाले ७ रनमात्र जोड्यो । मलेसियाका लागि सेद अजिजले सर्वाधिक ५० रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक अविजित ५१ रन बनाएर । उनले ३ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, शरद भेषवाकरले सर्वाधिक ४० रन बनाए भने कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै, रोहित पौडेल १९ रनमा आउट भए । करण केसीले १६ रन थपे । मलेसियाका फित्री सामले ३ विकेट लिए ।
हिजो भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अविजित ८६ रनको उत्कृष्ट पारी खेल्दै मलेसियालाई पाखा लगाएका थिए ।
प्रकाशित समय १०:५९ बजे

















