गृहपृष्ठ विश्वकप क्रिकेटले नयाँ विजेता पाउँदै, न्युजिल्यान्ड र इंग्ल्यान्डमा कसले जित्ला ?
विश्वकप क्रिकेटले नयाँ विजेता पाउँदै, न्युजिल्यान्ड र इंग्ल्यान्डमा कसले जित्ला ?
विश्वकप क्रिकेटको उपाधिका लागि आज न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
यसअघि फाइनलसम्मको यात्रा तय गरेर पनि उपाधि जित्न नसकेका दुवै टोली यसपटक इतिहास बनाउने दाउमा छन् । यसअघि इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा गरी ३ पटक विश्वकप उपविजेता बनेको छ । त्यस्तै न्युजिल्यान्ड गत संस्करणको उपविजेता टोली हो ।
न्युजिल्यान्ड सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड पनि पाँच पटकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । लिग चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि ११९ रनको सनसनीपूर्ण जित निकालेको थियो ।
यो पनि पढ्नुहोस्
प्रकाशित समय ११:५० बजे

















