गृहपृष्ठ विम्बल्डनको उपाधि सिमोना हालेपले जितिन्
विम्बल्डनको उपाधि सिमोना हालेपले जितिन्
विम्बल्डन टेनिसको उपाधि पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपले जितेकी छन् ।
फाइनलमा सातौ वरीयताकी हालेपले दशौ वरीयताकी अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउँदै पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् । समग्रमा उनको यो दोस्रो ग्राण्डस्लामको उपाधि हो । हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनेकी छन् । शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गर्दै उनले उपाधिमाथि कब्जा जमाइन् ।
हालेपले सेरेनाविरुद्ध जित निकाल्न मात्रै ५६ मिनेट समय खर्चिइन् । पुरुषतर्फ शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिक र स्वीस रोजर फेडेररबीच आज प्रतिस्पर्धा हुँदैछ ।
प्रकाशित समय १३:३७ बजे

















