गृहपृष्ठ एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता
एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता
एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटल ग्वार्कोबीच सेवा आदानप्रदान सम्झौता भएको छ । सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिबीच सोमबार हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । करिब १६ लाख ग्राहक रहेको एनआईसी एसिया बैंकले मुलुकभर २९० शाखा कार्यालय, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर र ४१ वटा शाखारहित बैंकिङ इकाई छन् ।
प्रकाशित समय १७:०८ बजे

















