गृहपृष्ठ साइन रेसुंगा र खल्ती डिजिटल वालेटबीच सम्झौता

साइन रेसुंगा र खल्ती डिजिटल वालेटबीच सम्झौता

Shine-Resunga-Khalti-Partnership

साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा साइन रेसुंगाका प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका निर्देशक ध्रुव अधिकारीले सोमबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार साइन रेसुंगाका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु