गृहपृष्ठ नेप्से ५ अंकले बढ्यो, ४३ करोडको कारोबार
नेप्से ५ अंकले बढ्यो, ४३ करोडको कारोबार
सेयर बजार परिसूचक नेप्से सोमबार ५ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ५.०८ अंकले बढेर १२५४.५६ अंकमा पुगेको हो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.७१ अंकले बढेको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने वृद्धि भएन । १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता सेयर ४३ करोड पाँच लाख २५ हजारमा किनबेच भयो । आज कारोबार भएका ११ उपसमूह नै उकालो लागेका छन् । बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बिमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बिमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ अंकले बढेको छ ।
कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो । नेपाल बैंकको ५ करोड २१ लाखबराबरको सेयर किनबेच भयो । यस्तै, शिवम् सिमेन्ट ३ करोड ५९ लाख, नेपाल लाइफ इन्स्योरेन्स संस्थापक सेयर २ करोड ५४ लाख र नबिल बैंकको २ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ ।
सोमबार स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५ प्रतिशतले कमाए । यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फण्ड ४ र गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.९० प्रतिशतले कमाए ।
प्रकाशित समय १७:३४ बजे

















