गृहपृष्ठ युवालाई नैतिक बनाउन ‘म अघि बढ्छु’ कार्यक्रम

युवालाई नैतिक बनाउन ‘म अघि बढ्छु’ कार्यक्रम

ma ahi badhchhu newskarobar

प्रदेश १ सरकारले मंगलबारदेखि प्रदेशका १४ वटै जिल्लामा ‘म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले युवालाई नैतिकवान बनाउन ‘म अघि बढ्छु’ कार्यक्रम प्रदेशका १४ जिल्लामा एकैसाथ सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयले दुर्व्यसनीमुक्त समाज, अपराध नियन्त्रण, विपद व्यवस्थामा सहयोगी भूमिकामा स्वयंसेवक तयार गर्न, चरित्रवान र नैतिकवान बनाउनका लागि सगरमाथा टिन्स क्लबमार्फत सो अभियान सञ्चालनमा ल्याएको हो । अभियानबाट कक्षा ९ देखि १२ सम्मका १३ देखि १९ वर्ष उमेर समूहका सामुदायिक तथा निजी गरी दुई हजार विद्यालयका दुई लाख विद्यार्थी लाभान्वित हुनेछन् ।

अभियान सञ्चालनका लागि २ करोड ५० लाख वजेट छुट्याइएको छ । अभियानको प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगरमा उद्घाटन गरेका छन् ।

प्रकाशित समय २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु