गृहपृष्ठ गणतन्त्र दिवसमा वजार सरसफाई

गणतन्त्र दिवसमा वजार सरसफाई

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाले गणतन्त्र दिवसका अवसर पारेर तुलसीपुर वजार सरसफाई गरेको छ । उपमहानगरपालिकाले विभिन्न संघसस्था र निकायको सहयोगमा वजार सरसफाई कार्यक्रम गरेको हो । हरेक मंगलवार सञ्चालन हुने हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियान अन्तर्गत गणतन्त्र दिवसको अवसर पारेर सरसफाईसँगै सहिदहरुको सम्झना समेत गरिएको हो । उपमहानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वजार सरसफाई पश्चात सहिद पार्कमा दिप प्रज्ज्वलन समेत गरिएको थियो ।
सो अवसरमा वोल्दै संयोजक लामिछानेले गणतन्त्र ल्याउन ज्यानको आहुति दिने सहिदको सपना पुरा गर्न बाँकी रहेको भन्दै सामान्य स्तरको जनताले अनुभुत गर्ने गरी काम गर्नुपर्ने वताए । स्वच्छतालाई तुलसीपुर वजारको पहिचान वनाउनुपर्ने भन्दै लामिछानेले आफ्नो घर आँगन सफा राख्नु सबैको दायित्व भएको वताए ।
कार्यक्रमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत ललित घर्तिले सरसफाई अभियानको सार्थकताका वारेमा प्रष्ट पारेका थिए । सरसफाई कार्यक्रममा ओम शान्ती इश्वरीय विश्वविद्यालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली पूर्व प्रहरी संगठन लगायत विभिन्न सामाजिक संघसस्थाको संलग्नता रहेको थियो ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु