गृहपृष्ठ सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण
सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण
काठमाडौं- करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि फरार भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् । खत्रीको खोजीका लागि प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरेकोमा उनी फरारको सूचीमा थिए । सुन काण्डका ३१ अभियुक्त अझै फरार छन् ।
प्रकाशित समय १२:१५ बजे

















