गृहपृष्ठ गर्मी बढ्यो ? यसो गर्नुस्

गर्मी बढ्यो ? यसो गर्नुस्

गर्मी माैसम सुरू भइसकेको छ । काठमाडाैंलगायतका ठूला सहरका साथै तरार्इका जिल्लामा गर्मी निक्कै बढिसकेको छ । वर्षायाम सुरू हुँदै गर्दा बढ्दो गर्मीका कारण मानिस बिरामी हुने क्रम बढेको छ । गर्मीको समयमा सरूवा रोगको प्रक्रोप बढी हुने गर्छ । तर, गर्मीको समयमा के गर्ने, के नगर्ने ? के खाने, के नखाने ? भन्नेबारेमा धेरैलार्इ जानकारी नहुन सक्छ । शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन गर्मीबाट बच्न यस्तो सल्लाह दिन्छन् :

गर्मीको समयमा स्वास्थ्यमा विभिन्न समस्या निम्तिन सक्छ । सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुपानी, बरफ, आइसक्रिमलगायतका खानेकुरा खानु हुँदैन । घरबाहिरको खानेकुरा र जंकफुडभन्दा घरमै बनाएको खानेकुरा खानुपर्छ । खुला ठाउँमा बेच्न राखिएका खानेकुरा सरुवा रोगको महामारीको मुख्य कारण हो । गर्मीको समयमा बालबालिका र वृद्धवृद्धा बढी सतर्क र सचेत रहनुपर्छ । खानेकुरा, पानी र तरल पदार्थ खाँदा सफा, सुरक्षित र स्वस्थकरमात्र खानुपर्छ ।

तसर्थ सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खाना पकाउने, राख्ने र खाने भाँडा सफा राख्नुपर्छ । बजारमा काटेर बेच्न राखिएका फलफूल नधोर्इ खानु हुँदैन । सागसब्जी र सलाद सफा पानीले पखालेरमात्र खानुपर्छ । खानेकुरा चाँडो गल्ने भएकाले बासी खानेकुरा खानु हुँदैन ।

गर्मीमा फोहोर तथा धुलोका कारण शरीर चिलाउने, हातखुट्टामा घाउ हुने जस्ता समस्या देखिन सक्छन् । गर्मीको समयमा झिँगा, लामखुट्टे, फट्याङ्ग्रा तथा भुसुना बढी सक्रिय हुने भएकाले विशेष सजगता अपनाउनुपर्छ ।

(प्रस्तुति : सञ्जय श्रेष्ठ)

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु