गृहपृष्ठ ‘अर्थमन्त्रीले सांसदलार्इ वडाध्यक्षको हैसियतमा राखेर अपमान गरे’

‘अर्थमन्त्रीले सांसदलार्इ वडाध्यक्षको हैसियतमा राखेर अपमान गरे’

  • ‘चाहिएको छैन चार करोड’

काठमाडौं- अर्थमन्त्रीले आफूहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको आरोप सांसदहरूले लगाएका छन् । संसद बैठकमा आगामी वर्षका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा अर्थमन्त्रीले आफूहरूको अपमान गरेको आरोप लगाएका हुन् । ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत छ,’ सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई वडाध्यक्षको ठाउँमा राख्न पाइन्छ भन्या ? चाहिएको छैन हामीलाई ४ करोड ।’

आफ्नो विरोधले केही नहुने जान्दाजान्दै पनि असन्तुष्टि राख्नुपरेको सांसद महतले बताए । ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर वस्तुको बचाउ गरिन्छ, बलियो वस्तुको सायद बचाउ गरिन्न,’ उनले भने, ‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईंहरुको विरोधले मलाई केही हल्लाउँदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’ बजेट सहरकेन्द्रित भएको उनको गुनासो छ । अर्थमन्त्रीले जेठ १५ गते बजेट सार्वजनिक गर्दै निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ चार करोड रूपैयाँ विनियोजन गरेका थिए ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु