गृहपृष्ठ नेपाल क्यान्सर अस्पताल दोश्रो बर्षमा

नेपाल क्यान्सर अस्पताल दोश्रो बर्षमा

काठमाडौं- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर दोश्रो बर्षमा प्रबेश गरेको छ । क्यान्सर बिरामीलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौति सँग सामना गर्ने उद्देश्यले मुलत यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो ।
ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । अ
एक वर्ष अगाडी भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो ।
सर्जरी डिपार्टमेन्ट अन्तर्गत नेपालमा नै भर्खर सुरु भएको अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी पनि यस अस्पतालको प्रमुख बिशेषतामा पर्छ । क्यान्सर रोग लागिसकेपछि बिरामीमा एक किसिमको मानसिक ह्रास आउने समस्यालाई मध्यनजर गर्दै यस अस्पतालले विभिन्न सकारात्मक कार्यक्रम हरु पनि अबलम्बन गरेको छ । क्यान्सर सरभाइभरशिप क्लिनिक का नाम मा संचालन गरिएको उक्त पहलमा क्यान्सरबाट मुक्त भएका बिरामीहरुले क्यान्सर संग लडिरहेका बिरामीहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्ने रहेको पनि बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु