गृहपृष्ठ सिटिजन्स बैंकको भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालन

सिटिजन्स बैंकको भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालन

citizens-bank-newskarobar

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवाखरिद गर्न चाहने आफ्ना ग्राहकको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ ।
भिषा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिषा’माआधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षातहको रुपमा रहनेछ । यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिननम्बर प्राप्तगर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने दाबी बैकले गरेको छ ।
बैंकमा डलर खाता भएका ग्राहकले विश्वका कुनै पनि स्थानमार नेपाली रूपैयाँमा खाता भएका ग्राहकmले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्ने जनाएको छ ।
यस प्रबिधिबाट गरिएको अनलाइनकार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनिय हुने आशा बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिग एकाइबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिग सेवा प्रदानगर्दै आएको छ । आफ्नो ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा,ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधा प्नि उपलब्ध गराउँदै आएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु