गृहपृष्ठ डिआरएनको कर्भ्ड टिभीमा उपहार

डिआरएनको कर्भ्ड टिभीमा उपहार

काठमाडौं- होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलाई लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहार सहित डिआरएन कर्भ्ड टिभी बिक्री योजना ल्याएको छ ।
१९ वर्षदेखि गुणस्तरीय इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलाई लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको हो । कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलाई लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको बताए । कर्भ्ड टिभी किन्ने उपभोक्तालाई विशेष उपहार समेत दिने उनको भनाई छ । विश्व बजारमा आएको पछिल्लो प्रविधिलाई प्रयोग गर्दै कर्भ्ड टिभी उत्पादन गरेको बताउँदै कर्भ्ड टिभीका धेरै विशेषता रहेकोमा उनले जोड दिए ।
‘कर्भ्ड टिभी विश्वकपलाई लक्षित गरेर ल्याएका हौं, यो टिभी अरु एलइडी टिभी भन्दा फरक हुन्छ’उनले भने, ‘यो शुन्यदेखि १८० डिग्रीमा हेर्न र ४० देखि १२० डिग्रीमा हेर्दा क्लियर भिजन देखिन्छ ।’ श्रेष्ठले कर्भ्ड टिभीको पिक्चर क्वालिटी समेत राम्रो हुने र टिभी हेर्दा छुट्टै आनन्द आउने दाबी गरे । उनले कर्भ्ड टिभीप्रति उपभोक्ताको चासो बढिरहेको पाएको बताउँदै विश्वकपका समयमा कर्भ्ड टिभी किन्ने बढिरहेको बताए ।
कम्पनीले ३२ इन्चदेखि ५३ इन्चसम्मको कर्भड टिभी ल्याएको जानकारी दिए । विश्वकपलाई लक्षित गरेर कम्पनीले ५५ इन्चको कर्भ टिभी किन्नेलाई स्पिकर,४३ इन्चको कर्भ टिभी किन्नेलाई टेलिफोन,३९ इन्चको कर्भ टिभी किन्नेलाई एलइडी वल्व १० पिस र ३२ इन्चको कर्भ टिभी किन्नेलाई १० पिस सिएफएल दिने घोषणा गरेको छ ।

प्रकाशित समय ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु