गृहपृष्ठ माछापुच्छ्रे बैंकको १९औं वार्षिकोत्सवमा १९ प्रकारका छुट

माछापुच्छ्रे बैंकको १९औं वार्षिकोत्सवमा १९ प्रकारका छुट

machhapuchhre bank

माछापुच्छ्रे बैंकले आफ्नो स्थापनाकाे १९ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि १९ प्रकारका छुट योजनाहरु प्रदान गर्ने भएको छ। बैंकले असोज महिनाभर सम्पूर्ण शाखामार्फत यी सुविधाहरु प्रदान गर्ने जनाएकाे छ ।

बैंकले ग्राहकलाई असोजमा निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता पनि निशुल्क खोलिदिनेछ। बैंकले जनाए अनुसार, माछापुच्छ्रेका ग्राहकहरूले देशभरका भाटभटेनी सुपरमार्केटहरुमा आफ्नो डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर सपिङ गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् ।

यस योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट प्राप्त हुनेछ । यसका साथै बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु