गृहपृष्ठ ट्रम्प र उनलाई पनि नेपालीकै भर !

ट्रम्प र उनलाई पनि नेपालीकै भर !

काठमाडौं– पछिल्लो समय विश्वका दुई विपरित ध्रुवमा र एक अर्काका कट्टर दुस्मनजस्तै देखिएका अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा केही उतारचढाव आउँदै गएको देखिन्छ । यसक्रमको थालनीका रुपमा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिका बीचमा भएको भेटवार्तालाई लिने गरिन्छ, जुन केही समय पहिले मात्रै सम्पन्न भएको थियो ।

उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखबीचमा भएको उक्त भेटवार्ताको छोटो समय भित्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोन उन सिंगापुरमा भेटवार्ता गर्दैछन् । ‘सम्बन्ध सुधारको प्रयास’ का रुपमा समेत हेरिएको ट्रम्प र उनबीचको वार्तालाई विश्वलेनै सतर्कताका साथ हेरिरहेको छ ।

यी दुई शक्तिराष्ट्रका राष्ट्र प्रमुखहरुको सिंगापुरमा हुने वार्तालाई विश्व राजनीतिमै महत्वका साथ हेरिएको छ । उसै पनि दुई विपरित ध्रुवमा रहेका र सैद्दान्तिक रुपमा समेत भिन्न विचारधारा अंगाल्ने नेताहरुबीचको सुरक्षा व्यवस्थामा समेत उच्च सतर्कता अपनाईनु नौलो विषय होइन ।

दुई नेताको सुरक्षा व्यवस्थालाई लिएर सिंगापुरमा विभिन्न किसिमको चिन्ता र चासो रहेको देख्न सकिन्छ । केही दिनपछि सिंगापुर आउन लागेका ट्रम्प र उनको सुरक्षामा सिंगापुर प्रहरीमा रहेका गोरखा (नेपाली) लाई खटाइने सम्भावना धेरै भएको बताइएको छ ।

यद्यपी सिंगापुर प्रहरीले दुवै नेताको सम्पूर्ण सुरक्षा भने गर्ने होइन । किनभने दुवैले आफ्नो व्यक्तिगत सुरक्षा पनि साथै लिएर आउनेछन् । सिंगापुर प्रहरीले उनीहरु हिड्ने सडक, वार्तास्थल एवं बस्ने होटललगायतमा सुरक्षा प्रदान गर्नेछन् ।

त्यसोत सिंगापुर प्रहरीमा रहेका गोरखाहरु यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा मन्त्री जिम म्याटिससहितको टोली आउँदा पनि होटलको सुरक्षामा खटिएका थिए । भनिन्छ सिंगापुरले उपलब्ध गराउन सक्ने सुरक्षामा गोरखा अग्रपंक्तिमा आउँछन् । त्यसैले होला सायद विश्वकै प्रमुख शक्तिशाली नेताहरुबीचमा हुन लागेको बार्तामा समेत उनीहरुलाई खटाइने भएको छ ।

यद्यपी यस विषयमा भने सिंगापुर प्रहरीलेले आफ्नो आधिकारिक धारणा अघि सारिसकेको छैन । तर, धेरैले के अनुमान गरेका छन् भने यो भेटको सुरक्षार्थ सिंगापुरले गोरखालाई अग्रपंक्तिमा राख्नेछ ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु