गृहपृष्ठ आइएमई नेपाल लोकस्टारको उपाधि सनी विश्वकर्मालाई
आइएमई नेपाल लोकस्टारको उपाधि सनी विश्वकर्मालाई
नेपालकै पहिलो मौलिक रियालिटी सो आइएमई नेपाल लोकस्टारको उपाधि सनी विश्वकर्माले हात पारेका छन् । नेपालकै ठूलो ५० लाख धनराशिको उपाधि १७ वर्षीय विश्वकर्माले जितेका हुन् । विश्वकर्माले सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट २५ लाख रुपैयाँबराबरको जीवन बिमा सुविधा पाएका छन् ।
शुक्रबार भएको रियालिटी सोको फाइनलमा प्रतियोगिताको सेकेन्ड रनर अप विनोद दनुवार भएका छन् । उनले १० लाख रुपैयाँ नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख रुपैयाँबराबरको जीवन बिमा सुविधा पाएका छन् ।
प्रतियोगिताको रनर अप चेतन गोतामे बन्न सफल भएका छन् । उनले २५ लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १५ लाख रुपैयाँबराबरको जीवन बिमा सुविधा पाएका छन् ।
यो पनि पढ्नुहोस्
प्रकाशित समय २०:३७ बजे


















