गृहपृष्ठ सरकारलाई बदनाम गराउने तत्वको प्रतिवाद गर्नुस् : दाहाल
सरकारलाई बदनाम गराउने तत्वको प्रतिवाद गर्नुस् : दाहाल
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै अघि बढ्ने बताएका छन् ।
नेवाः मुक्ति मोर्चा नेपालद्वारा मध्यपुरथिमिमा आयोजित शंखधर साख्वाः को शालिकमा माल्यार्पण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।’ उनले सरकारको बदनाम गर्ने प्रयास भइरहेको भन्दै प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
अध्यक्ष दाहालले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको बताउँदै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए । उनले नेपाल संंवत्लाई नेवारहरुको मात्र नभई सबैको साझा संंवतका रुपमा हेरिनुपर्ने बताए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ उनको भनाइ थियो ।
प्रकाशित समय १३:०७ बजे
















