गृहपृष्ठ एक घर चार तरकारीका बिरुवा वितरण
एक घर चार तरकारीका बिरुवा वितरण
कञ्चनपुर- भीमदत्त नगरपालिकाले एक घर चार तरकारीका बिरुवा वितरण कार्यक्रम शुरु गरेको छ ।
नगरवासीलाई तरकारीखेतीतर्फ उन्मुख गराउनका लागि कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको कृषि विकास शाखाले तरकारीका बेर्नाको नर्सरी बनाई नगरवासीलाई निःशुल्करुपमा वितरण गर्न थालेको छ ।
कृषि विकास शाखाका प्रमुख नवराज जोशीले नर्सरीमा काँक्रा, फर्सी, लौका र तिते करेलाका ६० हजार बिरुवा उत्पादन गरिएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये पनि नर्सरीमा काँक्रा र फर्सीका ३० हजार बिरुवा तयार गरिएका छन् ।
नगरपालिकाका सबै वडाका किसानलाई व्यक्तिगत र समूहगत रुपमा नर्सरीमा उत्पादित बिरुवा दिन लागिएको छ । व्यक्तिगत रुपमा कम्तीमा चार र समूहलाई मागअनुसार बिरुवा वितरण गरिन लागेको जनाइएको छ ।
-रासस
प्रकाशित समय ०९:५६ बजे

















