गृहपृष्ठ नयाँ मन्त्रीकाे शपथग्रहण आज

नयाँ मन्त्रीकाे शपथग्रहण आज

pm-oli-at-sambidhan-diwas-1

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठन गरेका मन्त्रीहरुमध्ये कुनै पुरानै अनुहार छन् भने कुनै नयाँ अनुहार थपिएका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्य विभाजन गरेको जानकारी दिएसँगै ७ केही मन्त्रीहरुको फेरबदल भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बिहीबार विहान सपथग्रहण हुनेछ ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय भने फेरिएको छ । कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र कानुनमन्त्रीको जिम्मेवारी यादवलाई दिइएको छ ।

यी हुन् हटाइएका ७ जना मन्त्री

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई हटाइएको छ ।

कोको भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरूलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वतलाई गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको हो ।
त्यस्तै रामेश्वर राय श्रम तथा रोजगार र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

राज्यमन्त्रीमा उद्योगपति मोती दुगडलाई उद्योग, नवराज राउतलाई स्वास्थ्य र रामवीर मानन्धरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

यथावत् रहेका मन्त्री

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत् छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानी मन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारी छन् ।

नयाँ थपिएका मन्त्रीहरुको बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण राखिएको छ ।

प्रधानमन्त्री ओली ०७४ फागुन ३ मा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रिपरिषद् विस्तार भएको यो आठौँपटक हो  । ०७४ मा १४ फागुन र २ चैतमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । ०७५ मा १८ जेठ, १८ साउन, १६ फागुन र १५ साउनमा विस्तार गरेका थिए ।

प्रकाशित समय ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु