गृहपृष्ठ सागको उद्घाटन र समापनको दिन सवारी साधनमा जोर-विजोर लागू हुने
सागको उद्घाटन र समापनको दिन सवारी साधनमा जोर-विजोर लागू हुने
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर-विजोर प्रणाली लागू हुने भएको छ । ट्राफिक प्रहरीले मंसिर १५ गते उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरेको छ ।
बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को समयमा पुराना गाडी नचलाउन अनुरोध गरे । यसअघि साग अवधिभर ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले ८ बुँदे विशेष अनुरोध जारी गरेको छ ।
प्रकाशित समय १५:४९ बजे

















