गृहपृष्ठ राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर प्रचार गर्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जोडेर प्रचार गर्ने पक्राउ

pakrau-arrest-newskarobar

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्बिर जोडेर सामाजिक सञ्जाल फेसबुकमार्फत् अनर्गल प्रचार गर्ने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रेका आकाशसिंह ठकुरी रहेका छन् । उनलाई कैलालीबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई राष्ट्रपति र प्रधानमन्त्रीबारे अपशब्दसहित तस्बिर जोडेर अतिरञ्जित प्रचार गरेको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले काठमाडौँ ल्याएको छ । ठकुरीविरुद्ध विद्युतीय कारोबार ऐन–२०७३ अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु