गृहपृष्ठ उद्घाटनमा नेपालको झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने
उद्घाटनमा नेपालको झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा क्रिकेटर पारस खड्काले बोक्न नपाउने भएका छन् । यसअघि नेपालका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको थियो ।
भोलि उद्घाटनको दिन हुने मार्च पासमा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले नेपाली खेलाडीहरुको नेतृत्व गर्दै झण्डा बोक्नेछन् । कमलको नाम यसअघि वैकल्पिकमा राखिएको थियो ।
अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमललाई झण्डा बोक्न दिने निर्णय गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
प्रकाशित समय १५:३४ बजे


















